बिमलको भाबुक स्टाटस जसले सारा नेपालीको मन जित्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2016 | 02:05:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेपछि नेपाली फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तीमगरले सारा नेपालीको मन जित्ने भाबुक भाबना ब्यक्त गरेका छन् ।

फाइनलमा मकाउलाई हराउँदै इतिहास रच्न सफल भएपछि त्यो जित आफ्नी बहिनी र सारा नेपालीलाई समर्पित गरेका हुन् । । ‘आफूभन्दा अगाडि टिम, टिमभन्दा अगाडि देश । यो जित सम्पूर्ण नेपालीको हो । यो जित मेरो बहिनी, बाबा र विनाशकारी भूकम्पमा हामीबाट टाढा भएको सम्पूर्णलाई समर्पित गर्न चाहन्छु ।’ उनले लेखेका छन्।

विमलकी बहिनीको एक वर्ष अगाडि आफ्नै घरमा हत्या भएको थियो । बहिनीको हत्या हुँदा विमल बेल्जियममा थिए । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो ।

यसैबीच उपाधि विजेता नेपाली टोली आज(बुधबार) स्वदेश फर्किदैंछ । टोली आज बेलुकी साँढे ८ बजे काठमाडौं आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । सरकारले एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका सदस्यहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved