उपाधि जित्दै इतिहास रचेको फुटबल टोली आज बेलुका नेपाल फर्कदै, स्वागत गर्न आउन एन्फाको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2016 | 02:17:09 PM मा प्रकाशित

laxmi  sunrise bank

६२ बर्षपछि एसियन फुटबल फेडेरेसन एएफसीको  उपाधि जितेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्कदै छ ।  नेपालले मलेशियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि हात पार्दै ६२ बर्षको उपाधि बिहीन खडेरी तोडेको हो ।  गएराती भएको फाइनल खेलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि हात पारेको हो ।   सुजल श्रेष्ठले २९ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली आज राती ८:३० बजे नेपाल आईपुग्दै छ । अखिल नेपाल फुटबल संघ एन्फाले सम्पूर्ण फ्यानहरुलाई विमानस्थलमा उपस्थित भएर खेलाडीको स्वागत गर्न आग्रह गरेको छ । 

सरकारले यस अघि नै टोलीका सदस्यलाई जनही ३ लाख दिने घोषणा गरीसकेको छ  ।

 एएफसी उपाधिसंगै एक बर्षमा नेपाललाई लगातार तेस्रो ठुलो उपाधि  प्राप्त भएको छ। नेपालले  यस अघि  गत माघमा बंगलादेशको बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने   भारतमा सम्पन्न साग गेम्स अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved