क्लबका ३ स्टार खेलाडी बेच्न मेस्सीको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 11:27:57 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन च्यामिपयन्स लिगबाट आउट भएपछि स्पेनिस बार्सिलोनालाई ठूलो धक्का पुगेको छ । लगातार चौथो वर्ष बाहिरिने क्रममा यसपटक  सेमिफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग ४–० को हार व्यहोर्दै आउट भएपछि क्लबले खेलाडीमा व्यापक हेरफेर गर्ने तयारी थालेको छ । बार्साले आगामी सिजनको लागि डच टिम आयाक्सका युवा मिडफिल्डर फ्रेन्की डे जोङ अनुबन्ध गरिसँगै टिममा हेरफेर गर्ने भएको हो । 

एजेन्सीका अनुसार बार्सिलोनाले ११ जना खेलाडी बेच्ने तयारी थालेको छ । उसले स्टार खेलाडी भित्र्याउन टिममा कम प्रयोग भएका र खराब प्रदर्शन गरिरहेका खेलाडी बेच्ने संकेत गरेको छ । बार्सिलोनाले बेच्ने खेलाडीको सूचीमा क्लब इतिहासकै सर्वाधिक महँगा खरिद खेलाडी फिलिपे कोउटिन्होदेखी बेन्चमा रहँदै आएका र लोनमा आएका खेलाडी स्टार खेलाडीसमेत छन् । 

टिमका कप्तान लियोनल मेस्सीले टिमका ३ जना स्टार खेलाडीलाई प्राथमिकतासाथ बेच्न क्लबलाई सुझाव दिएका छन् । मेस्सीले ब्राजिलियन फिलिपे कोउटिन्हो, फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी र क्रोएसिन मिडफिल्डर इभान राकिटिकलाई बेच्न क्लबलाई सुझाव दिएका हुन् । 

मेस्सीले उरुग्वेन फरवार्ड लुइस स्वारेजलाई भने नबेच्न क्लबसँग अनुरोध गरेका छन् । स्वारेजले बार्सिलोनाबाटै करिअर अन्त्य गर्न चाहेको बताउँदै मेस्सीले स्वारेजलाई बार्सिलोनामै राख्नुपर्ने सुझाव दिएको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved