अन्तिम बलमा हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि, मालिंगा बने नायक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 04:54:29 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग २०१९ को उपाधि मुम्बई इन्डियन्सले जितेको छ। फाइनलमा चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि जितेको हो। 

अन्तिम ओभरको अन्तिम बलमा लक्ष्य भेट्टाएको मुम्बई इन्डियन्सले यससंगै लगातार चार पटक उपाधि जितेको छ। यससंगै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भएको छ। डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ    

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । ओपनर क्वीन्टन डि ककले २९ रन बनाए भने इशान किसनले २३ रन, हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाए । बलिङतर्फ दिपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिए । 

१५० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । चेन्नईका लागि फाफ डु प्लेसिसले २६ रन बनाए भने ड्वाइन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लसिथ मलिंगा र राहुल चहरले एक-एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

अन्तिम ओभर रोमान्चक

अन्तिम ओभरमा जितका लागि चेन्नईलाई नौ रन आवश्यक थियो । यस ओभरको पहिलो तीन बलमा मलिंगाले चार रन दिए ।  चौथो बलमा वाटसन आउट भए । पाचौँ बलमा शार्दुल ठाकुरले दुई रन बनाए ।

आईपीएल २०१९ को अन्तिम बलमा दुई रन बनाएर चेन्नईलाई उपाधि जिताउने सपना देखेका शार्दुल ठाकुर मलिंगाको बलमा एलबीडब्ल्यू आउट भए । अघिल्ला ३ ओभरमा ४२ रन खर्चेका मलिंगाले अन्तिम ओभरमा महत्वपूर्ण विकेट लिँदै मुम्बईलाई चौथो पटक उपाधि जिताउन सफल भए । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved