तेह्रौं सागको लोगो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 03:25:26 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालमा एक कार्यक्रमको आयोजना गरी लोगो र मस्कट सार्वजनिक गरिएको हो ।

सागको लोगोमा परेवाको चिन्ह राखिएको छ । उडिरहेको परेवाको पखेटा र देशलाई प्रतिनिधित्व गर्ने हिमालको आकृति लोगोमा समावेश गरिएको छ । लोगो र मस्कट युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशबकुमार बिष्टले संयुक्त रुपमा सार्वजनिक गरे ।

खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका भोलानाथ पौडेलले यसको डिजाइन गरेका हुन् । साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved