प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीलाई च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 05:46:15 AM मा प्रकाशित

laxmi  sunrise bank

इङलिस प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी अर्को सिजन च्याम्पियन्स लिग खेल्न नपाउने खतरा बढेको छ। युइएफएका वित्तिय अनुसन्धानकर्ताहरुले एक साताभित्र सिटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध लगाउनेबारे सिफरिससहित प्रक्रिया अगाडि बढाउने सम्भावना बढेसंगै सिटिको सम्भावना कम भएको हो।  

युइएफएको क्लव वित्तिय जाँच इकाइका अध्यक्ष र मुख्य जाँचकर्ता यवस लेटर्मेको नेतृत्वमा अहिले टोलीले ६० मिलियन घोटाला काण्डमा प्राप्त प्रमाणहरुको जाँच गरिरहेका छन् । सिटीले गत सिजन प्रायोजकबाट आएको भन्दै ६० मिलियन पाउण्ड लिएको थियो तर यो रकम प्रायोजकबाट नभइ क्लवका अरबी मालिकले सिधै दिएको दावी गरिएको छ।

सिटि माथिको आरोप प्रमाणित भएमा अहिलेसम्मकै ठुलो कारबाही भोग्नुपर्ने विश्लेषण गरिएको छ। प्रमाणित भएको अवस्थामा सिटी एक वर्षका लागि युइएफएका सबै प्रतियोगितामा प्रतिबन्धमा पर्नेछ। गत सिजन सिटीले रियाद महरेजलाई लिसेस्टर सिटीबाट ६० मिलियन पाउण्डमा ल्याएको थियो । यसको भुक्तानीको लागि प्रयोग गरिएको रकम अवैधानिक बाटोबाट आएको भन्दै सिटीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको हो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved