बिजपाटी सम्बाददाता     May 16, 2019 | 03:03:20 PM



dace

क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका चार खेलाडी परेका छन् । लिगको ड्राफ्टमा परेका खेलाडीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल छन् । 

ड्राफ्टमा परेका खेलाडीहरुको २२ मे मा अन्तिम छनौट हुनेछ । ड्राफ्टमा परेका २१ देशका ५३६ खेलाडी मध्येबाट ६ टिमले खेलाडी छनौट गर्नेछन् । यीमध्ये १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7