सोलिडारिटी कपका बिजेतालाई प्रधानमन्त्रीको सम्मान 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2016 | 04:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

 मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा बिजयी खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन्  ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवासको सचिवालयमा खेलकूदमन्त्री दलजित श्रीपाइलीको उपस्थितिमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्रीले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई दिनुभयो । प्रधानमन्त्रीले भने, ‘२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठूला पदक जित्न सकेको थिएन । तर, पछिल्लो १ वर्षमै नेपालले ठूला ३ पदक जितेको छ, नेपालको विजयी सुरुवात भइसकेको छ । यो जितले नेपालको गौरव बढाएको छ, नेपालीहरुको मनोबल उच्च भएको छ, युवाहरुमा आत्मविश्वास बढेको छ, त्यसका लागि सम्पूर्ण बिजेता टिमलाई म हृदयदेखि नै बधाइ दिन चाहन्छु ।’


खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरुको सम्मान र मनोबलका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ । भूकम्पबाट क्षतिग्रस्त रंगशाला पूनर्निर्माणको काम अघि बढिसकेको छ, छिटै रंगशाला पूनर्निर्माण हुन्छ । अब त्यो रंगशाला पनि सानो भइसकेको छ, बृहत रंगशाला निर्माणका लागि सरकारले छिटै काम अगाडि बढाउनेछ ।’


सम्मान कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष मणि कुंवरले भूकम्पबाट क्षतिग्रस्त पूनर्निर्माण र खेलाडीहरुको प्रोत्साहन एवं सम्मानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved