सिजनको अन्तिम खेलमा आफ्नै घरमा हार्यो रियल मड्रिड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 06:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

ला लिगाअन्तर्गत सिजन २०१८/१९ को अन्तिम खेलमा रियल मड्रिड घरेलु मैदानमा पराजित भएको हो । आइतार अपराह्न भएको लिगको ३८औं खेलमा रियललाई पाहुना टोली रियल बेटिसले २–० गोल अन्तरले पराजित गरेको हो । 

सान्टियागो बेर्नाबेउमा भएको खेलमा स्टार फरवार्ड ग्यारेथ बेललाई बेन्चमा राखेर मैदान उत्रेको रियलका कुनै पनि फरवार्ड नचल्दा गोलविहीन हुँदै हार बेहोर्यो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बेटिसले २ वटै गोल दोस्रो हाफमा गरेको थियो । उसका लागि ६१औं मिनेटमा लोरे मोरनोले पहिलो गोल र ७५औं मिनेटमा जोसेले  गोल गर्दै टिमलाई जित दिलाए । 

आजको हारसँगै रियल ३८ खेलबाट ६८ अंक बनाएर तेस्रो स्थानमा रहँदै सिजन पूरा गरेको छ । यता, विजयी बेटिसले ३८ खेलबाट ५० अंक बनाउँदै आफूलाई १०औं स्थानमा राखेर सिजन पूरा गर्यो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved