ला लिगा जितेको बार्सिलोना इबरसँग बराबरीमा, मेसीले एक मिनेटमा गरे दुई गोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 07:22:24 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस बादशाह बार्सिलोना ला लिगाको अन्तिम खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा इबरसँग २–२ गोलको बराबरीमा रोकिएसँगै बार्सिलोनाले ला लिगा सिजन बराबरीमा टुङ्ग्याएको हो ।

सिजनको लिग जितेको बार्सिलोनाका लागि दुवै गोल लियोनेल मेसीले गरेका थिए । मेसीले खेलको ३१औ मिनेट र ३२ औ मिनेटमा लगातार गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए । इबरले भने खेलको २०औ मिनेटमा मार्क कुकूरेलाको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यस्तै खेलको ४५औ मिनेटमा डे ब्लासिसले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलमा गरेको २ गोल सँगै मेसीले यस सिजनको ला लिगामा ३६ गोल गरेका छन् । साथै मेसीले यस सिजनमा बार्सिलोनाका लागि आफ्नो ५० गोल पनि पुरा गरेका छन् । मेसीले एक सिजनमा ५० भन्दा बढी गोल गरेको यो छैठौ पटक हो ।

यससँगै बार्सिलोनाले ३८ खेलमा ८७ अंक हासिल गर्दै यस सिजनको ला लिगा अन्त्य गरेको छ । त्यस्तै इबर भने ३८ खेलमा ४७ अंकसहित १२ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । 

बार्सिलोनाले अब यस सिजनको अन्तिम खेल आगामी शनिबार कोपा डेल रे को फाइनल भलेन्सियाविरुद्ध खेल्दै छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved