गोल्डेन बुटः मेस्सी पर्ख र हेरको अवस्थामा, एमबाप्पेलाई चमत्कारको आश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 03:04:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोनाका कप्तान लिओनल मेस्सी युरोपियन गोल्डेन बुट नजिक पुगेका छन् । स्पेनिस ला लिगाअन्तर्गत सिजनको अन्तिम खेलमा एइबारविरुद्ध २ गोल गरेसँगै यो सिजन मेस्सीले ला लिगामा कूल ३६ गोल पूरा गरेका छन् ।

जारी सिजन युरोपका टप–५ लिगमा मेस्सी ला लिगाबाट सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनी अब गाल्डेन बुट दौडमा स्पष्ट ४ गोलको अग्रतासहित पहिलो नम्बरमा छन् ।

उनीपछि फ्रेन्च लिग वान क्लब पिएसजीका केलियन एमबाप्पे छन् । उनले हालसम्म कूल ३२ गोल गरेका छन् । एमबाप्पे अब मेस्सीभन्दा ४ गोलले पछि छन् । एमबाप्पेले अब लिग वानमा अन्तिम एक खेल मात्रै खेल्न बाँकी छ । पिएसजीले सिजनको अन्तिम खेल ४ दिनपछि स्टेड रेइम्ससँग खेल्दैछ । सो खेलमा एमबाप्पे मैदान उत्रिदैछन् । 

मेस्सीलाई गोल्डेन बुटमा पछि पार्न २० वर्षीय एमबाप्पेले अन्तिम खेलमा चमत्कारिक ढंगले गोल गर्नुपर्नेछ । मेस्सीको गोल संख्यासँग बराबरी गर्न उनले अन्तिम खेलमा कम्तीमा ४ गोल गर्नुपर्छ भने उछिन्न ५ गोल गर्नुपर्छ ।

यदि एमबाप्पेले सो खेलमा ४ गोल गरे भने उनले मेस्सीको ३६ गोलसँग बराबरी गर्दै गोल्डेन बुट बाँड्नेछन् भने ५ गोल गरेको खण्डमा मेस्सीलाई पछि पार्दै गोल्डेन जित्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved