वेस्ट इन्डिजको क्रिकेट लिगमा छनौट भए सन्दिप, गत बर्ष भन्दा १४ गुणा बढी मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 07:01:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दिप लामिछाने लगातार दोस्रो सिजन वेस्ट इन्डिजको टि २० क्रिकेट लिग क्यारेबियन  प्रिमियर लिग सिपिएलमा छनौट भएका छन् । आज भएको प्लेयर ड्राफ्टको ५ औ चरणमा सन्दिपलाई बार्बाडोज ट्राइडेन्टसले छनौट गरेको हो बार्बाडोज सन् २०१४ को लिग बिजेता हो । 

यस टिमका कप्तान वेस्ट इन्डिजका कप्तान जेसन होल्डर छन् । उनको टिममा एलेक्स हेल्स, आसिफ अली, वाहब रियाज लगायत खेलाडी छन् । अघिल्लो बर्ष ५ औ चरणमा छनौट हुने खेलाडीको मूल्य ७० हजार डलर तोकिएको थियो । यस पटक पनि सन्दिपले कम्तिमा ७० हजार डलर प्राप्त गर्ने छन् । यदि मूल्य बढेको भए सन्दिपले सो भन्दा बढी रकम हात पार्ने छन् ।

सन्दिपले यस अघि नै यो लिग खेलीसकेका छन्  । उनले गत सिजन सेन्ट किट्स टिम बाट खेलेका थिए  । उनले गत सिजन ५ खेलमा ७ विकेट लिएका थिए । गत सिजन सन्दिप १३ औ चरणमा ५ हजार डलरमा अनुबन्धन भएका थिए । यो पटक उनले गत सिजन भन्दा १४ गुणा बढी रकम पाउने भएका हुन् ।  

लिगको ड्राफ्टमा नेपालबाट दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल पनि छन् । उनीहरु यो समाचार तयार पार्दा सम्म छनौट भएका छैनन्  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved