महिला एशिया कपका खेलाडी छनौट, को को परे टिममा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 02:05:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म हुने एशिया कप महिला टि-२० क्रिकेटमा नेपालले एशियाली टेष्ट मुलकका टोलीहरुसँग प्रतिस्पर्धा गर्दैछ । त्यसका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीको कप्तानीको जिम्मेबारी रुविना क्षेत्रीलाई दिइएको छ । टोलीमा संगीता राई, शोभा आले,  इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहर, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगर छन् । गत महिना सम्पन्न छनौट प्रतियोगिता शर्मिला शाही चोटग्रस्त बनेपछि टोलीमा समाबेश गरिएको छैन । 

नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै २८ नोभेम्बरमा श्रीलंका, २८ नोभेम्बरमा बंगलादेश, १ डिसेम्बरमा आयोजक थाइल्याण्ड र २ डिसेम्बरमा भारतीय टोलीसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved