गोल्डेन बुटपछि बालोन डिओरमा पनि मेस्सीकै दाबेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 11:29:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को बालोन डिओर अवार्ड कसले जित्ला ? यसको चर्चा र अड्कलबाजी बढेको छ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड भएकाले यसमाथि सबैको नजर हुने गरेको छ । २०१८÷१९ को सिजन सकिन लागेसँगै अवार्ड दाबेदार खेलाडीहरूको बारेमा टिकाटिप्पणी बढेको छ ।

हालसम्मको अवस्थामा स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी नै सबैभन्दा दाबेदार देखिएका छन् । बार्सिलोना यो सिजन युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे कपबाट आउट भएपनि ला लिगा च्याम्यिन बन्यो । त्यस दौरान मेस्सीको व्यक्तिगत प्रदर्शन शानदार रह्यो ।

मेस्सीपछि इंग्लिस टिम लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकको चर्चा छ । लिभरपुलले यो सिजन कुनै पनि घरेलु उपाधि नजिते पनि ऊ च्याम्पियन्स लिगको फाइनलमा छ । र, उसलाई उपाधि दाबेदार मानिएको छ । उसले उपाधिका लागि टोटनह्यामसँग जुन १ मा खेल्दैछ ।

सेमिफाइनलमा लिभरपुलसँग हारेर च्याम्पियन्स लिगबाट आउट नहुँदासम्म बार्सिलोना ट्रिबेल उपाधिको दौडमा थियो । तर, उसलाई लिभरपुलले निराश बनायो । त्यसको दुई सातापछि बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा भ्यालेन्सियासँग पराजित हुँदै उपाधि जित्नबाट चुक्यो ।

यी दुई उपाधि हारेपछि बालोन डिओरमा मेस्सीको दाबेदारीमा ठूलो झट्का लागेको छ । तर, यति हुँदाहुँदै पनि मेस्सी अझै पनि बालोन डिओरका प्रमुख दाबेदार नै हुन् । 

तर, जुन १ मा हुने युरोपियन च्याम्पियन्स लिग लिभरपुलले जितेको खण्डमा भने मेस्सीलाई भान डाइकले टक्कर दिनेछन् ।

जारी सिजन मेस्सीले बार्सिलोनालाई ला लिगाको च्याम्पियन बनाउनेक्रममा कूल ३६ गोल गरे । उनले सबैखाले प्रतियोगिता गरेर कूल ५१ गोल गरेका छन् भने २० गोलका लागि असिस्ट गरेका छन् ।

उनले ला लिगाबाट सर्वाधिक गोलकर्ता बन्दै युरोपियन गोल्डेन बुटसमेत जिते । यसबाहेक पनि मेस्सीका नाममा थुप्रै कीर्तिमान छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved