रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिडको जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2016 | 08:19:47 AM मा प्रकाशित

laxmi  sunrise bank

रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–० ले हराएको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको हो । 

रोनाल्डोले २३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा रियल मड्रिडले १–० को अग्रता लिएको थियो । ७१ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । ७७ औं मिनेटमा रोनाल्डोले आफ्नो खेल जीवनको ३९ औं ह्याट्रिक पूरा गरे । जितसँगै शीर्ष स्थानको रियल मड्रिडलले अंक दूरी पनि लम्ब्याएको छ । 

उसको १२ खेलबाट ३० अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिड बार्सिलोना भन्दा चार अंकले अघि छ । रियल मड्रिसँग पराजित भएको एथ्लेटिको मड्रिड १२ खेलबाट २१ अंकसहत पाँचौं स्थानमा छ । रियल मड्रिडको जितमा ह्याट्रिक गरेका रोनाल्डो चम्किए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved