ब्राजिलियन फुटबलर नेमारमाथि बलात्कारको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 01:02:51 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलियन फुटबल खेलाडी नेमार जुनियरमाथि बलात्कारको आरोप लागेको छ । ब्राजिलकै एक महिलाले नेमारले आफूलाई फ्रान्स पेरिसको एक होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाएकी हुन् । 

साओ पाओलोको प्रहरी कार्यालयमा दर्ता गरिएको उजुरीमा ती महिलाले ‘नेमारले आफ्नो सहमतिबिना हिंसात्मक ढंगले यौन सम्पर्क गरेको’ आरोप लगाएकी छिन् । इन्स्टाग्राममार्फत परिचय भएपछि नेमारले आफूलाई पेरिसमा बोलाएर आफूलाई बलात्कार गरेको उनको आरोप छ । प्रहरीले नेमारविरुद्ध बलात्कारको उजुरी परेको सूचना दिए पनि त्यसलाई सार्वजनिक गर्न नमिल्ने भन्दै गोप्य राखेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यही जुन १४ बाट सुरु हुने फुटबल प्रतियोगिता कोपा अमेरिकाको तयारीमा रहेका नेमारले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved