प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आर्मी पुलिस भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 11:47:17 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिताको फाइनल भिडन्त सनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

पुलिसले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने आर्मीले प्रदेश नं ३ लाई ११७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । 

समूह चरणको खेलमा भने पुलिसले पुलिसले आर्मीलाई ५० रनको अन्तरले पराजित गरेको थियो । 

राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले  २० लाख तथा उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५०/५० हजार प्राप्त गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved