विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 08:26:29 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई हराएको छ । लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको हो । 

३५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३१६ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका लागि स्टिेभन स्मिथले ६९, डेभिड वार्नरले ५६, एलेक्स करेयले ५५ रन बनाए । त्यस्तै, उस्मान खवाजाले ४२, कप्तान एरोन फिन्चले ३६ र ग्लेन म्याक्श्वेलले २८ रन बनाए ।

बलिङतर्फ भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान ३–३ विकेट लिदा युजभिन्द्र चाहालले दुई विकेट लिए । 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २५२ रन बनाएको थियो । भारतका शिखर धवनले शतक बनाए । उनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रन बनाए । कप्तान विराट कोहलीले ७७ बलमा चार चौका र दुई छक्काको मद्दतमा ८२ रन बनाए । 

ओपनर रोहित शर्माले ५७ रन बनाउँदा हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले दुई विकेट लिए ।

जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो भने अष्ट्रेलियाको पहिलो हार हो । यसअघि भएको दुई खेलमा अष्ट्रेलियाले जित हात पारेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved