शिखर धवन घाइते हुँदा यी खेलाडीले पाए विश्वकप खेल्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 03:07:45 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय ब्याट्सम्यान शिखर धवनको स्थानमा ऋषभ पन्त मैदान उत्रने भएका छन् । अष्ट्रेलियाविरुद्ध भएको खेलमा बुढी औंलामा चोट लागेपछि धवन मैदान बाहिर हुने भएका हुन् । उनी कम्तीमा दुई साता मैदान बाहिर हुनेछन् । 

टाइम्स अफ इन्डियाले विकेटकिपर ब्याट्सम्यान ऋषभ बिहीबार बिहान इंग्ल्यान्ड जाँदैछन् भनेर लेखेको छ । बिहीबार नै इंग्ल्यान्ड पुगेपनि धवन टिमबाट आउट नभएसम्म उनी टिम बाहिर नै रहने छन् । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भने यसबारे केही बोलेको छैन । धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । तर बलर नाथन कल्टरनाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved