कोपा अमेरिकामा ब्राजिलको विजयी सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 07:43:28 AM मा प्रकाशित

laxmi  sunrise bank

घरेलु मैदानमा सुरु भएको कोपा अमेरिका फुटबल प्रतियोगीतामा ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार विहान भएको उद्घाटन खेलमा बोलिभियामाथि ३–० गोल अन्तरको जित निकाल्दै ब्राजिलले विजयी सुरुवात गरेको हो । ९ औं पटक उपाधि जित्ने अभियानमा रहेको ब्राजिललाई जिताउन फिलिपे काउटिन्होले दुई र एभर्टनले एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल भएका हुन् । खेलको ५० औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै काउटिन्होले गोल गरेका थिए । पहिलो गोल गरेको तेस्रो मिनेटमै काउटिन्होले हेडर गोल गरे । उनले रोबर्टो फिर्मिनाको पासमा गोल गरेका थिए । ८१ औं मिनेटमा डेभिड नेरेसलाई रिप्लस गर्दै मैदान छिरेका एभर्टनले ८५ औं मिनेटमा फर्नान्डिन्होको पासमा ब्राजिलका लागि तेस्रो गोल गरे ।

जितसँगै समुह ए मा रहेको ब्राजिलले तीन अंक जोड्दै शीर्ष स्थान ओगटेको छ । ब्राजिलले प्रतियोगिताको दोस्रो खेल आगामी बुधबार भेनेजोयला विरुद्ध खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved