पैसा नपाएको भन्दै सचिन तेन्दुलकरले हाले मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 09:33:35 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय लिजेन्ड सचिन तेन्दुलकरले खेलकुदका सामान बनाउने अस्ट्रेलियन कम्पनी स्पार्टन विरुद्ध मुद्दा दायर गरेका छन् । कम्पनीले सामान प्रचारका लागि आफ्नो नाम र तस्बिर प्रयोग गरेर भुक्तानी नदिएको भन्दै सचिनले मुद्दा दर्ता गरेका हुन् । उनले उक्त  कम्पनीसँग २० लाख डलरको रोयल्टी दाबी गरेका छन् ।

सन् २०१६ मा सचिन र स्पार्टनबीच भएको सम्झौता अनुसार कम्पनीले खल सामग्री बनाउँदा सचिनको नाम र फोटो प्रयोग गर्ने सो वापत सचिनलाई १० लाख डलर दिने उल्लेख थियो । कम्पनीको प्रचारका लागि सचिन एकपटक लन्डन र मुम्बईमा समेत गएका थिए । तर, कम्पनीले सेप्टेम्बर २०१८ सम्म कुनै भुक्तानी नदिएपछि उनले मुद्दा दायर गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved