पहिलो खेलमै अर्जेन्टिना पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 07:38:23 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगीताको आफ्नो पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँगा २–० ले पराजित भएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कोलोम्बियाले २ गोल गर्दै अर्जेन्टिनालाई हराएको हो । ७१ औं मिनेटमा रोजर मार्टिनेजले उत्कृष्ट गोल गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए ।

कोलोम्बियाले ८६ औं मिनेटमा अग्रता दोब्बर बनायो वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डुभान जपाटाले जेफर्सन लेर्माको पासलाई सदुपयोग गर्दै कोलोम्बियाको अग्रता दोब्बर पारे । 

अर्जेन्टिना रहेको समूह बी मा कतार, कोलोम्बिया र पाराग्वे रहेका छन् । अब अर्जेन्टिनाले अर्को खेलमा बुधबार पाराग्वेसँग खेल्नेछ । शनिवार राति नै भएको समुह ए को खेलमा भेनेज्वुएला र पेरुबीचको खेल गोल रहित बराबरीमा सकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved