कोपा अमेरिका फुटबलः भेनेजुएलाले ब्राजिललाई बराबरीमा रोक्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 08:26:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आयोजक ब्राजिल कोपा अमेरिका फुटबलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान सकिएको खेलमा  ब्राजिलको गोलको प्रयासलाई भेनेजुएलाको रोक्यो । यस बराबरीसँगै समूह ‘ए’ मा दुई खेल खेलेको ब्राजिल चार अंक सहित शीर्ष स्थानमा यथावत छ । समूहको पहिलो खेलमा ब्राजिलले बोलिभियालाई ३–० गोलले हराएको थियो ।

यसैगरी बुधबार बिहाननै भएको यही समूहको अर्को खेलमा पेरुले बोलिभियालाई ३–१ गोलले हराएको छ । खेलमा सुरुवाती अग्रता भने बोलिभियाले लिएको थियो । २८औं मिनेटमा मार्सेलो मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै बोलिभियालाई अग्रता दिलाए । बोलिभियाको अग्रतापछि पेरुका जोस पाओलो गुरेरोले ४५औं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसपछि ५५औं मिनेटमा जेफरसन फारफनले गोलगर्दै पेरुलाई अग्रता दिलाए । खेलको अन्तिममा इडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई सजिलै जिताए । जितसँगै दुई खेलबाट चार अंक बनाएको पेरु गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । दुईवटै खेलमा बराबरीमा रोकिएको भेनेजुएला दुई अंक सहित तेस्रो स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved