कोपा अमेरिकामा अर्जेन्टिना र पाराग्वे बराबरीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 08:38:56 AM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबलको आफ्नो दोस्रो खेलमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा पछि परेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा कप्तानी लियोनल मेस्सीले गोल गर्दै बराबरी गरे । ३७ औँ मिनेटमा रिचार्ड सान्चेजको गोलबाट पाराग्वेले सुरुवाति अग्रता लिएको थियो । ५७ औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा लगेका हुन् । 

जारी प्रतियोगीतामा समूह चरणको पहिलो खेलमा कोलम्बियासँग २–० ले स्तब्ध भएको अर्जेन्टिना दुई पटकको फाइनलिस्ट हो ।

लगातार दुई खेलमा जित निकालेको कोलम्बिया ६ अंकसहित समूहको शीर्षस्थानमा छ । दुई अंकसहित पाराग्वे दोस्रो स्थानमा रहेको छ । समान एक अंक भए पनि गोल अन्तरका आधारमा पछि परेकाले कतार भन्दा पनि पछि हुँदै अर्जेन्टिना पुछारमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved