ब्राजिलको ३ गोलले मान्यता नपाउदा नतिजा बराबरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 08:48:08 AM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल भेनेजुएलाविरुद्ध गोल रहित बराबरीमा रोकिएको छ । बिहिबार बिहान सकिएको खेलमा ब्राजिलका तीन गोलले मान्यता नपाउँदा नजिता बराबरी निस्किएको हो । गोलरहित बराबरीको नतिजा जारी प्रतियोगीताको पहिलो नतिजा हो ।

पहिलो हाफको ३९औँ मिनेटमा ब्राजिलका रोबर्ट फिर्मिन्होले गोल गरेका थिए । तर, विपक्षी खेलाडीलाई फल गरेकाले सो गोलले मान्यता पाएन । दोस्रो हाफमा पनि ब्राजिलले भेनेजुएलाको पोस्टमा थप दुई गोल गर्यो, तर दुवै गोलले मान्यता पाएनन्  । ६०औँ मिनेटमा गाब्रियल जिससले गरेको गोललाई रेफ्रीले अफसाइड दिए । खेलको ६३औँ मिनेटमा फिलिप काउटिन्होले गरेको गोलले पनि ह्यान्ड देखाएपछि मान्यता पाएन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved