सन्दिप लामिछाने र युवराज सिंहले एकै टिमबाट लिग खेल्ने, पारिश्रमिक कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 08:46:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्दिप लामिछाने र सोमपाल कामीले क्यानाडामा हुने ग्लोबल टि २० लिग खेल्ने भएका छन् । आज भएको ड्राफ्टमा एशोसियट देशबाट यी दुई खेलाडी छनौट भएका हुन् ।

सन्दिपलाई टोरोन्टो नेशनलले छनौट गरेको हो भने कामीलाई विनिपेग हकले छनौट गरेको हो । सन्दिप ६० हजार अमेरिकी डलर कामी ३ हजार अमेरिकी डलरमा अनुबन्धन भएका छन् । सन्दिपको टिममा केहि समय अगाडी मात्र सन्यास लिएका भारतीय खेलाडी युवराज सिंह पनि छन् । सिंह  टोलीका मार्की खेलाडी हुन।

यो प्रतियोगिता आगामी जुलाई २५ देखि अगस्ट ११ सम्म हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved