अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा, अबको प्रतिद्वन्द्वी को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 06:05:09 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा आमन्त्रित राष्ट्र कतारलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समुहको उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

 लौटारो जाभियर मार्टिनेजले चौथो मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै टोलीको क्वाटरफाइनल यात्रा तय गरेका हुन् ।

समुह ए बाट ब्राजिल र भेनेजुएला, समुह बि बाट कोलम्बिया र अर्जेन्टिना तथा समुह सी बाट चिली र उरुग्वे अघिल्लो चरणमा पुगेका छन् । 

अब क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्ने छ । अन्य टोलीको प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved