पल्सर स्पोर्ट्स अवार्ड २०७५ को मनोनयन सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 05:07:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पल्सर स्पोर्ट्स अवार्ड २०७५ को मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्डको चार वटा विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

उत्कृष्ट पुरुष खेलाडीमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का,  जुडोका इन्द्र बहादुर श्रेष्ठ, क्रिकेटकै सोमपाल कामी  र गल्फका शुक्रबाहदुर राई मनोनयनमा परेका छन् ।

उत्कृष्ट महिला खेलाडीतर्फ फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ प्रधान मनोनयनमा परेका छन् ।

युवा खेलाडीतर्फ  एथलेटिक्सका अजितकुमार यादव, ब्याडमिन्डनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् । 

प्रशिक्षक तर्फ प्याराग्लाइडिङका योगेश भट्टराई, फुटबलका हरि खड्का, एथ्लेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगट टमाटा र भलिबलका ज्ञानेन्द्र विष्ट मनोनयनमा परेका छन् ।

आयोजकले पिपल्स च्वाइस अवार्डको मनोनयन यसअघि नै सार्वजनिक गरेको थियो । उक्त अवार्डमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा परेका छन् । 

मन्चले पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन खेलकुद पत्रकार अवार्डमा पनि पुरस्कार प्रदान गर्ने जनाएको छ । 

वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडि, पिपल्स च्वाइस र प्रशिक्षक अवार्डको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । विजेताको घोषणा असार १७ गते हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved