कोपा अमेरिकाः अर्जेन्टिना भर्सेस भेनेज्वेला, ‘हेड टु हेड’मा को बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 03:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आज दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ । नेपाली समयअनुसार शनिबार बिहान १२ः४५ बजेबाट सुरु हुने खेलमा अर्जेन्टिना र भेनेज्वेला भिड्दैछन् ।

अर्जेन्टिना समूह ‘बी’बाट उपविजेता बनेर अन्तिम आठमा पुग्दा भेनेज्वेला पनि समूह ‘ए’को उपविजेजता बनेको थियो । 

पछिल्लो पटक गत मार्चमा स्पेनमा यी दसई टिमले मैत्रीपूर्ण फुटबल खेलेका थिए । त्यतिबेला मेस्सीसहितको अर्जेन्टिनालाई भेनेज्वेलाले ३–१ ले निराश बनाएको थियो । 

विगतमा यी दुई देशको रेकर्ड:

कूल खेल संख्या – २५

अर्जेन्टिना विजयी – २१

भेनेज्वेला विजयी – २

बराबरी – २

यो तथ्यांक हेर्दा अर्जेन्टिना भेनेज्वेलाभन्दा निकै शक्तिसाली देखिन्छ । सन् १९५६ देखि सन् २०११ सम्मको अवधिमा अर्जेन्टिनाले भेनेज्वेलाविरुद्ध खेलेका सबै १९ खेल नै जितेको थियो । त्यसयताका ६ खेलमध्ये अर्जेन्टिनाले दुई खेल हार्दा दुई खेल बराबरी गरेको थियो ।

पछिल्ला ५ खेलको नतिजाः

२२ मार्च, २०१९ः अर्जेन्टिना १ – ३ भेनेज्वेला

५ सप्टेम्बर २०१७ः अर्जेन्टिना १–१ भेनेज्वेला

६ सेप्टेम्बर २०१६ः अर्जेन्टिना २–२ भेनेज्वेला

१८ जुन २०१६ः अर्जेन्टिना ४–१ भेनेज्वेला

२२ मार्च २०१३ ःअर्जेन्टिना ३–० भेनेज्वेला

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved