विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 10:59:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप छनोटको एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ  । आइतबार भएको पत्रकार सम्मेलनमा  कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ । 

नेपाली टोलीको छनोट आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले गरेका हुन् ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको लागि फाइनल खेल जुलाईमा सिंगापुरमा  हुनेछ । जुलाई २२ देखि २८ सम्म हुने एसियाको छनोटमा आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत खेल्नेछन् । 

नेपालले जुलाई २३मा पहिलो खेल कतारसँग खेल्नेछ । यस्तै दोश्रो खेल  मलेसियासँग, तेश्रो खेल कुवेतसँग र चौथो खेल सिंगापुरसँग खेल्नेछ।  शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा ग्लोबल छनोट आयोजना हुनेछ।  युएई आयोजकको रुपमा ग्लोबल छनोटमा पुगीसकेको छ ।

टोलिमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर तथा सोमपाल कामी रहेका छन् ।

वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख तथा जितेन्द्र मुखिया  रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved