स्वारेजले भने, ‘अब कोपा अमेरिका अर्जेन्टिनाले जितोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 11:16:03 AM मा प्रकाशित

laxmi  sunrise bank

उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलबाट आउट भयो । उरुग्वे पेरुसँग पेनाल्टी सुटआउटमा ५–४ पराजित भयो । उरुग्वे बाहिरिनुमा लुईस स्वारेज नै मुख्य कारण बने । उरुग्वेका लागि पहिलो पेनाल्टी प्रहार गरेका उनी पेनाल्टीमा चुके । 

आफूले प्रहार गरेको पेनाल्टीकै कारण बाहिरिएपछि स्वारेज मैदानमै घोप्टो परेर रोए । भावुक बनेर मैदानमै लडे । उनलाई सबै सहकर्मीले पालो सम्झाए । डिफेन्डर डिएगो गोडिनले सँगै च्यापिराखे । 

खेलपछि मिडियाले स्वारेजसँग प्रतिक्रिया मागे । सुरुमा प्रतिक्रिया दिन नमानेका उनले आफ्नै कारण टिम आउट भएको भन्दै देश र फ्यानहरूका नाममा माफी मागे । 

स्वारेजले अब कोपा अमेरिका अर्जेन्टिनाले जितेको आफूले हेर्न चाहेको बताए । अर्जेन्टिनाका लिओनल मेस्सी र स्वारेज घनिष्ट मित्र हुन्, जो बािर्सलोनाबाट सँगै खेल्छन् । ‘अब म अर्जेन्टिनाले उपाधि जितेको हेर्न चाहन्छु । मेस्सी र उनको टिमलाई गुड लक भन्न चाहन्छु ।’

प्रतियोगितामा अब सेमिफाइनलमा अर्जेन्टिनाले आयोजक ब्राजिलसँग खेल्नेछ । यो खेल जुलाई ३ मा हुनेछ । जुलाई ४ मा चिली र पेरुको भिडन्त हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved