मेस्सीको गोल ‘गोल अफ् द टुर्नामेन्ट’ घोषित, भोटिङमा रोनाल्डो आउट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 08:51:06 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले सिजन २०१८/१९ का लागि वर्षभरिका खेलबाट ‘गोल अफ् द टुर्नामेन्ट’ घोषणा गरेको छ । जसमा स्पेनिस बार्सिलोनाका कप्तान लियोनल मेस्सीले इंग्लिस क्लब लिभरपुलविरुद्ध गरेको गोल उत्कृष्ट घोषित भएको छ । 

युइएफएको प्राविधिक टिमले सिजनका उत्कृष्ट १० गोल घोषणा गरेको थियो । यो सूचीमा भने इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले पूर्वक्लब म्यानचेस्टर युनाइटेडविरुद्ध समूह चरणमा गरेको भली गोललाई ‘गोल अफ् द सिजन’ घोषित गरिएको थियो ।

तर, उत्कृष्ट १० गोलको सूचीमा दोस्रो नम्बरमा परेका मेस्सीको गोल अनलाइन भोटिङबाट ‘गोल अफ् द टुर्नामेन्ट’ बनेको छ । उत्कृष्ट १० गोलबाट ‘गोल अफ् द टुर्नामेन्ट’ छान्न फ्यानहरूका लागि भोटिङ खुला गरिएको थियो ।

भोटिङबाट सेमिफाइनमा बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा मेस्सीले फ्रि किकबाट गरेको दर्शनीय गोल ‘युसिएल गोल अफ् द टुर्नामेन्ट’ घोषित भएको हो । यस सिजन ‘गोल अफ् द सिजन’को अवार्ड जितेका रोनाल्डोले कूल ६ गोल गरेका थिए भने ‘गोल अफ् द टुर्नामेन्ट’ घोषित गोलका गोलकर्ता मेस्सीले कूल १२ गोल गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved