अर्जेन्टिनालाई हराउदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा, मेसी फेरी असफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 06:40:45 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिल १२ बर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनल खेलमा अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरे । 

खेलको १९ औं मिनेटमा ब्राजिलका लागि जेसुसले गोल गर्दै अग्रता दिलाए । ब्राजिलले ७१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गरे । 

ब्राजिल सन् २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

विश्व फुटबलका सबैभन्दा अब्बल दर्जाका खेलाडी मेसीले आफ्नो देशका लागि कुनै ठूलो उपाधि दिलाउन सकेका छैनन् । यस पटक पनि उनी उपाधि चुम्न सकेनन । आजको खेलमा पनि उनले पटक पटक राम्रो मौका र फ्री किक पाए पनि गोल गर्न भने सकेनन  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved