कोपा अमेरिकाः ब्राजिललाई रेफ्रीले साथ दिँदा अर्जेन्टिना हार्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 11:02:17 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बिहान भएको कोपा अमेरिका फुटबल प्रतियोगीतामा आयोजक ब्राजिलसँग अर्जेन्टिना पराजित भयो । तर खेल सकिना साथ अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले रेफ्रीको विरोध गरेका छन् । 

खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा मेस्सीले आजको खेलमा रेफ्रिले ब्राजिललाई साथ दिएको आरोप लगाए । सोही कारण आफूहरु हार्न पुगेको बताए । ब्राजिलको जितमा १९ औं मिनेटमा ग्याब्रियल जिससले सुरुवाती गोल गर्दै टिमलाई आग्रता दिलाएका थिए । ७१ औं मिनेटमा रोवर्टो फर्मिनोले दोस्रो गोल गरे । 

दोस्रो गोल अगाडि सर्जियो अग्वेरोलाई ब्राजिलिएन डिफेन्डरले डिबक्समा लडाएका थिए । तर रेफ्रिले फल दिएनन् । मेस्सीका अनुसार उक्त फलमा पेनाल्टी पाउनुपर्ने थियो । यदि फल दिएको भए नतिजा फरक निस्कने मेस्सीको भनाइ छ । उनले खेलमा भिएआर प्रविधिको प्रयोग नगरेको भन्दै आपत्ति पनि जनाएका छन् । 

मेस्सीले के भने ?

‘उनीहरु हामी जति बलियो थिएनन् । उनीहरुले सुरुवाती अग्रता लिए तर दोस्रो गोल हामीले पेनाल्टी नपाएर भएको हो । उनीहरुले नयाँ प्रविधि भित्र्याएका छन् । तर भिएआर चेक गरेनन् । यो लज्जास्पद हो । रेफ्रीले सुरुवातदेखि ब्राजिललाई साथ दिएको देखिन्थ्यो । यसले हाम्रो खेलमा नराम्रो प्रभाव पर्यो ।’ 

अब यहाँ कुनै बहाना चल्दैन । हामी हारिसक्यौँ । तर यस खेलको विषयमा पुनर्विचार गरिनुपर्छ, विश्लेषण गरिनुपर्छ । मलाई विश्वास छ आयोजकले केही गर्नेछन् ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved