कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो, मेस्सीलाई ‘रेड कार्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 07:34:23 AM मा प्रकाशित

laxmi  sunrise bank

अजेन्टिनी कप्तान लियोनल मेस्सीले करियकै दोस्रो कार्ड खाएका छन् । जारी कोपा अमेरिका फुटबल प्रतियोगीता अन्तर्गत आइतबार बिहान भएको चिलीसँगको खेलमा मेस्सीले रातो कार्ड पाएका हुन् । 

खेलमा अर्जेन्टिनाले चिलीलाई हराएर तेस्रो भएपनि मेस्सीले अहिलेसम्मको खेल जीवनमा दोस्रो पटक रातो कार्डसँगै प्रतियोगिता अन्त्य गरे । आजको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

तर खेलको ३७ औं मिनेटमा मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले पनि रातो कार्ड पाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved