कोपा अमेरिकाः रेफ्रीविरुद्ध अर्जेन्टिनाद्धारा मुद्दा दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 12:12:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबल प्रतियोगीतामा ‘लापरबाही गरेको’ र ‘नतिजा प्रभावित पार्न भूमिका खेलेको’ भन्दै अर्जेन्टिना फुटबल संघले रेफ्रीविरुद्ध मुद्दा हालेको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा गत बुधबार ब्राजिल र अर्जेन्टिनाबीच भएको सेमिफाइनल खेलको विषयलाई लिएर अर्जेन्टिनी संघले रेफ्रीविरुद्ध दक्षिण अमेरिकी फुटबल महासंघमा लिखित उजुरी दर्ता गराएको हो ।

प्रतियोगिताको सेमिफाइनलमा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराएको थियो । घम्साघम्सीपूर्ण सो खेलपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी खेलमा रेफ्रीले ब्राजिलको पक्षमा निर्णय लिएको र खेल जिताउन सघाएको आरोप लगाउँदै रिसाएका थिए ।

मेस्सीले त्यत्तिबेलै पनि सो खेल खेलाउने रेफ्री रोड्डी जाम्ब्रानामाथि छानबिन माग गरेका थिए । उक्त खेलमा अर्जेन्टिनी डिफेन्डर ओटामेन्डी र फरवार्ड सर्जिओ अगुएरोमाथि गम्भीर फउल गर्दा पनि आफूहरूले पेनाल्टी नपाएको मेस्सीको भनाइ थियो । मेस्सीले ती दुवै फउलमा आफूहरूले पेनाल्टी पाउनुपर्ने दाबी गरेका थिए । 

ती दुवै फउलमा रेफ्रीले पेनाल्टी नदिनु र भिएआरका लागि अपिल गर्दासमेत आफूहरूको अपिलको बेवास्ता गरेको मेस्सीले खेलपछि बताएका थिए । अर्जेन्टिनी फुटबल संघले उजुरीमा लेखेको छ, ‘यदि त्यसो भएको भए खेलको नतिजा अर्कै हुने थियो । यसमा कुनै शंका छैन ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved