एसीसी यू–१९ क्रिकेटमा नेपाल फाइनल प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 09:37:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । 

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले २९ बलमा ३१ रन र भीम सार्कीले सार्कीले ३४ बलमा ३३ रन बनाएर अविजित रहे । ओपनर पवन सर्राफले १६ बलमा १८ रन बनाए । ओपनर रित गौतम १४ बलको सामना गर्दा जम्मा ३ रन बनाएर आउट हुँदा, खडक बोहरा शून्य रनमै आउट भएका थिए । 

क्वालालम्पुरमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालका लागि सागर ढकालले ३ विकेट लिए । कुशल मल्लले २, कमलसिंह ऐरी र तिलक राज भण्डारीले एक–एक विकेट लिए ।  

अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेलिरहेका छन् । नेपालले अब फाइनलमा उपाधिका लागि सिंगापुर र हङकङबीचको विजेतासँग भिड्ने छ । समूह चरणको खेलमा नेपालले चीनलाई १० विकेट र सिंगापुरलाई २१७ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved