मेस्सीलाई २ बर्षको प्रतिबन्ध लाग्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 04:49:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीलाई २ वर्षे प्रतिबन्ध लाग्न सक्ने भएको छ। उनले कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा खेलको भावना विपरित बोलेको भन्दै दक्षिण अमेरिकी फुटबल महासंघले कारबाहीस्वरुप प्रतिबन्ध लगाउने सक्न भएको हो । 

प्रतिबन्ध लागेमा उनले कतारमा हुने विश्वकपको छनौट खेलका साथै अर्जेन्टिना र कोलम्बियाले संयुक्त आयोजना गर्ने आगामी कोपा अमेरिकाको छनौट खेल गुमाउनेछन् । मेस्सीले ब्राजिललाई उपाधि जिताउन रेफ्रीहरुले भष्टचार गरेको भन्दै सार्वजनिक रुपमा आरोप लगाएका थिए। 

तेश्रो स्थानको लागी भएको खेलको ३७ औँ मिनेटमा चिलीका कप्तान गेरी मेडेलसँग विवाद भएपछि मेस्सीले रातो कार्ड पाएका थिए ।  उक्त खेलपछि उनले प्रतिक्रिया दिँदै फाइनलअघि नै उपाधि ब्राजिलका लागि तय भएको आरोप लगाए। 

खेल समाप्त भएपछि दक्षिण अमेरिकी फुटबल महासंघले प्रेस विज्ञप्ति निकाल्दै मेस्सीको कारण प्रतियोगिताका सम्मान घटेको भन्दै कारवाहि गर्ने जनाएको छ ।

मेस्सीले खेलमा भ्रष्टचार भएको भन्दै तेस्रो स्थानको पदक लिन अस्वीकार गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved