नेपालले जित्यो छनौट प्रतियोगिताको उपाधि, अब भारत र पाकिस्तानसँग खेल्ने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 11:13:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको यु १९ टोलीले  एशियाली यू-१९ पूर्वी क्षेत्रीय प्रतियोगिता २०१९ को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा हङ्‍कङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

टस जितेर बलिंङ गरेको नेपालले हङ्‍कङलाई ९६ रन मै अल आउट गरेको थियो । खेलमा सागर ढकालले सर्वाधिक ५ विकेट लिए । ९६ रनको लक्ष्य नेपालले  १६.१ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो ।  

यो जितसँगै नेपाल यसै वर्ष अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म श्रीलंकामा हुने यू-१९ एशिया कपका लागि छनौट भएको छ।

सो प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बांग्लादेश र श्रीलंकासहित यूएई र कुवेत समावेश हुनेछन्। साथै यो प्रतियोगिताको फाइनलमा पुगेका दुई टोली नेपाल र हङ्‍कङ सन् २०२० को नोभेम्बरमा यूएईमा हुने यू-१९ एशिया कपका लागि छनौट भएका छन्। सो प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बांग्लादेश, श्रीलंका, नेपाल र हङ्‍कङसहित पश्चिम क्षेत्रीय प्रतियोगिताको विजयी टोली समावेश हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved