विश्वकप छनौटको फाइनल खेल्ने नेपाली टोलिको बिदाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 12:54:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनौट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीको बदिाई गरिएको छ ।

पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरे ।

नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गरेको छ । सिङ्गापुरमा आयोजना हुने छनौटको फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेशिया गएको हो । 

मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ । नेपाल र मलेसियाबीचको सिरिज असार २८ र २९ गते हुनेछ । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ । 

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुँदैछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved