अन्तराष्ट्रिय टी–२० मा मलेसियाद्धारा नेपाललाई १२९ रनको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2019 | 07:49:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय टी–२० क्रिकेटमा मलेसियाले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाएको छ । 

मलेसियाका लागि ओपनर विरन्दीप सिंहले ४९ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए । कप्तान अहमेद फायजले ४५ रन जोडे । अर्का ओपनर सयेद अजिज भने शून्यमै आउट भएका थिए। उनलाई सोमपाल कामीले बोल्ड गरेका हुन् । फित्री सामले १२ रन जोड्दा साफिक सारिफ २ रन र अमिमिद्दीन राम्मी ० रनमै आउट भए । 

बलिङमा नेपालका लागि करण केसीले ३ विकेट लिए । उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए । सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २/२ र सोमपाल कामीले १ विकेट लिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved