मलेशियालाई १७४ रनको विशाल लक्ष्य, बिनोद भण्डारीको किर्तिमान (लाइभ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 07:23:30 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो टि २० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले मलेशियालाई १७४ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा  ६ विकेटको क्षतिमा १७३ रन बन्येको हो ।

नेपालको लागि बिनोद भण्डारीले सर्बाधिक नट आउट ५१ रन जोडे । उनले २५ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ५१ रन बनाएका हुन् । त्यस्तै पारस खड्काले २३, पवन शराफले १०, शरद भेषवाकरले ४०, रोहित पौडेलले १९, करण केसीले १६ रन जोडे ।

टि २० अन्तराष्ट्रियमा बिनोद भण्डारीको यो पहिलो अर्धशतक हो । उनी अर्थ शतक प्रहारले गर्ने नेपालको पाचौ ब्याट्सम्यान समेत बनेका छन् । साथै बिनोद भण्डारीको टि २० अन्तराष्ट्रियमा सय रन पुरा भएको छ। सय रन पुरा गर्ने उनी छैठौ खेलाडी बनेका छन् ।

पहिलो टि २० खेलमा नेपाल ७ विकेटले जितेको थियो ।

लाइभ: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved