नेपालले जित्यो पहिलो टी २० सिरिज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 12:16:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले दोस्रो टी २० प्रतियोगितामा मलेसियालाई ६ रनले हराउँदै  सिरिज जितेको छ । टस जितेर व्याटिङ गरेको नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनायो । 

किनरारा ओभलमा भएको खेलमा मलेसियाका ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका छन् । 

नेपालको जितमा सोमपाल कामी र सन्दीप लामिछानेले २९२ विकेट लिएका छन् साथै करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १९१ विकेट हात पारे । साथै नेपालको लागि बिनोद भन्डारिले ५१ रन र शरद भेषवाकरले २८ रनको योगदान दिएका छन् ।

यसअघि टस जितेर व्याटिङ गरेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

टी ट्वान्टी सिरिजमा मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved