क्रिकेटमा आइसिसिको नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 04:03:04 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसि)ले क्रिकेट खेलमा केहि नियम परिमार्जन गरेको छ । बोर्डको बैठकले खेलको क्रममा सुस्त गतिमा ओभर सक्ने टिमको क्याप्टेनलाई कारवाहि गर्ने नियम परिमार्जन गरेको छ ।

परिमार्जित नियमअनुसार अब खेलमा सुस्त गतिमा ओभर सकियो भने क्याप्टेनलाई मात्र सजाय नभई पुरै टिमलाई सजाय हुनेछ । यो नियम लागु भएसँगै सुस्त गतीमा ओभर सक्दा क्याप्टेन निलम्बनमा पर्ने खतरा टरेको छ । अब सुस्त गतीमा ओभर खेल्यो भने खेलाडीको अंक पनि काटिनेछ । 

यो भन्दा अगाडी सुस्त गतीमा ओभर खेल्दा क्याप्टेनलाई खेलको फिसको ५० प्रतिशत जरिवाना र अन्य खेलाडीलाई १० प्रतिशत जरिवाना लाग्थ्यो । साथै उक्त टिमले तिन खेलमा लगातार यसरि खेल्यो भने क्याप्टेनलाई प्रतिबन्ध लाग्थ्यो ।

के हो स्लो ओभर ?

एकदिबसिय खेलमा ५० ओभरको खेलको लागी २१० मिनेटको समय छुट्याइएको हुन्छ जसमा १० मिनेटको ब्रेक समय हुन्छ । यसअनुसार १ ओभरको लागी ४ मिनेटको समय छुट्याइएको हुन्छ । कहिलेकाँहि खेलाडीहरुले १ ओभरको लागी समय खर्चेर ४ मिनेट भन्दा बढि खर्च गर्ने गर्छन् । यस्तो हुँदा पहिले क्याप्टेनले मात्र कारबाहि भोग्थ्यो ।

२०१९ देखि २०२१ सम्म चल्ने विश्व टेस्ट च्याम्पियनसिप १ अगष्टबाट शुरु हुदैँछ । यो च्याम्पियनसिपमा नयाँ नियम लागु हुने आइसिसिले जनाएको छ ।

साथै आइसिसिले एउटा अर्को नियम पनि परिवर्तन गरेको छ । यदि कुनै खेलाडी बलले लागेर घाइते भएमा उसको ठाउँमा नयाँ खेलाडी ल्याउने पाइनेछ । नयाँ ल्याईने खेलाडी उस्तै हुनुपर्नेछ । बलरको ठाउँमा बलर र ब्याट्सम्यानको ठाउँमा ब्याट्सम्यान । यो नियम अष्ट्रेलिया र इंग्ल्याण्डबीच भएको एसेज सिरिजबाट लागु सुरु भएको थियो ।

यो नियम अगस्टबाट लागु हुने आइसिसिले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved