एसिया कप महिला क्रिकेट: नेपालको कमजोर प्रदर्शन, श्रीलंकालाई २४ रनको झिनो लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2016 | 01:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला टी–२० क्रिकेटको दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गरी रहेको छ । टस हारेर ब्याटिंग गरेको नेपालले श्रीलंकालाई २४ रनको झिनो लक्ष्य दिएको छ। 

कमजोर प्रदर्शन गरेको नेपालले १६.२ ओभरमा सबै विकेट  गुमाउदै २३ रन मात्र जोड्न सक्यो । नेपालका लागि ज्योति पाण्डेले सर्बाधिक १४ रन जोडिन भने अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन ।  सिता मगरले ४ रन तथा कप्तान रुबिना क्षेत्रीले १ रन जोडे भने अन्यले रनको  खाता नै खोल्न  सकेनन् ।  २ रन नेपालले अतिरिक्त रनमा पाएको हो । 

यसअघि नेपालले पाकिस्तानसंग ९ विकेटको हार बेहोरेको थियो भने श्रीलंका पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।  

८ टोली सहभागी प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुने छ भने शिर्ष २ स्थानमा रहन सफल टोलीले फाइनल खेल्ने छ ।

यस्तो छ नेपाली ब्याटिंगको स्कोर कार्ड : 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved