विश्वकप एसिया छनौटको खेल आजदेखि सुरु (खेल तालिकासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 08:52:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी टी–२० विश्कप एसिया छनौटको खेल सोमबार (आज) देखि सिंगापुरमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् । राउण्ड रोबिन लिग अनुसार हुने प्रतियोगिताको शीर्ष स्थान हात पार्ने टिमले युएईमा हुने ग्लोबल छनोटमा खेल्न पाउने छ ।

प्रतियोगिताको अघिल्लो दिन सबै टिमका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका छन् । नेपाली क्रिकेट टिमले मलेसियामा अन्तिम अभ्यास गरेर टी–२० विश्वकपको एसिया छनोट खेल्न सिंगापुर पुगेको हो । नेपाली टिमले उपाधि जित्दै ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य लिएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार सिंगापुर र कतार तथा कुवेत र मलेसिया खेल्नेछन् । नेपालले पहिलो खेलमा मंगलबार कतारसँग प्रतिस्पर्धा गर्दा सिंगापुर र कुवेत पनि प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी बुधबार नेपालले दोस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दा कुवेत र कतारले पनि प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार सिंगापुर र मलेसिया तथा नेपाल र कुवेतले खेल्नेछन् । शनिबार समूह चरणको अन्तिम खेलमा मलेसिया र कतार तथा घरेलु टोली सिंगापुरसँग नेपालले खेल्नेछ ।

नेपाली टिमः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved