विश्वकप छनौट: मलेसिया विरुद्द नेपालको सानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 10:04:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली क्षेत्रको अन्तिम चरणको छनोटमा नेपालले मलेसियामाथि जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ बलमा ५१ रन बनाए । मल्लले ५ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर प्रदीप ऐरीले १४ बलमा १२ र विनोद भण्डारीले ८ बलमा १३ रन बनाए ।  पारस अस्वस्थ भएपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्रले गरेका थिए । 

नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । 

नेपालका लागि सोमपाल कामीले ३, वसन्त रेग्मीले २, करण केसी र सन्दीप लामिछानेले समान १÷१ विकेट लिए । आफ्नो पहिलो खेलमा कतारसँग पराजित भएको नेपालले मलेसियामाथि जित निकाल्दै शीर्ष स्थानको दाबेदारी कायम राखेको छ ।

नेपालले अब शनिबार कुबेतसँग र आइतबार सिंगापुरसँग खेल्नेछ । बाँकी दुवै खेल जिते नेपालले शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुनेछ ।

१४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved