विश्वकप छनौटको जित्नै पर्ने खेलमा नेपालले पायो १९२ रनको विशाल लक्ष्य (लाइभ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 07:05:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९२ रन जोडेको हो ।

सिंगापुरका लागि टिएच डेभिडले ४३ बलमा ७७ रन बनाए । त्यस्तै मनप्रित सिंहले  २७ बलमा ४२, र रोहण रंगराजनले ३३ बलमा ४९ रन जोडे । नेपालको लागि अविनाश बोहोराले ४ तथा करण केसीले २ विकेट लिए ।

नेपालका स्पिनर सन्दिप लामिछानेले विना विकेट ३ ओभरमा ३४ तथा बन्संत रेग्मीले पनि बिना विकेट ४ ओभरमा ५४ रन खर्चिए । यस खेल जितेमा नेपालले टि २० विश्वकप छनौटको ग्लोबल क्वालिफायर खेल्न पाउने छ भने नेपाल पराजित भए सिंगापुरले उक्त अवसर पाउने छ । 

हेर्नुस लाइभ  :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved