यस्तो छ यु १९ एसिया कपको खेल तालिका, नेपालको खेल कोलम्बोमा  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2016 | 06:04:12 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकामा हुने यु १९ एसिया कपको ड्र तथा खेल तालिका सार्बजनिक भएको छ । आज सार्बजनिक तालिका अनुसार प्रतियोगिता डिसेम्बर १८ देखि २३ सम्म हुने छ । 

प्रतियोगिता नेपाल समुह ए मा परेको छ । समुह एमा नेपाल संगै भारत , श्रीलंका र मलेशिया छन् । त्यस्तै समुह बिमा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन् ।

राउण्ड रोबिन लिगमा आधारित रहेर खेलिने प्रतियोगितामा समुहको शिर्ष २ स्थानमा पर्न सफल टोली  सेमिफाइनल प्रवेश गर्ने छन् । 

 

सन् २०१३/१४ को प्रतियोगिता भएपछि निरन्तरता पाउन नसकेको यु १९ एसिया कप यस बर्ष हुने भएको हो । एसियन क्रिकेट काउन्सिलको कार्यालय श्रीलंकामा सारेपछि उसले पहिलो प्रतियोगिता संचालन गर्ने लागेको हो  ।  

समुह एको खेल कोलम्बोमा हुने छ भने बीको खेल दक्षिणी श्रीलंकामा हुने तय भएको छ । पहिलो पटक एसिया कप सन् २०१२ मा मलेशियामा भएको थियो जसमा फाइनल खेल बराबरी भएपछि भारत र पाकिस्तान दुवै टोली संयुक्त रुपमा बिजेता बनेका थिए। त्यस पछि दोस्रो संस्करण  सन २०१३/१४ मा यूएईमा भएको थियो, जसको उपाधि भारतले जितेको थियो । त्यस यता प्रतियोगिता हुन् सकेको थिएन ।  यस अघि नेपाली यु १९ टोलीले यु १९ बिश्वकपमा सहभागिता जनाएको थियो, जसमा नेपाल क्वाटरफाइनलमा बंगलादेशसंग पराजित भएको थियो।  

हेर्नुस खेल तालिका ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved