फिफा वर्ष खेलाडीः मेस्सी र रोनाल्डो उत्कृष्ट १० मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 01:55:51 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा वर्ष खेलाडीको मनोनयनमा  लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै खेलाडी परेका छन् । फिफाले वर्षैपिच्छे वितरण गर्ने यो अवार्डमा गत वर्षका विजेता क्रोएशियाका लुका मोड्रिच यसवर्ष परेनन् । उत्तिकै दाबेदार मानिएका ब्राजिलका नेयमार पनि अटाएनन् । 

लिभरपुलका तीन जना खेलाडी मनोनयनमा परेका छन् । डच डिफेन्डर भर्जिल म्यान डाइक, सेनेगलका फरवार्ड साडियो माने र इजिप्टका फरवार्ड मोहमद सलाह पर्न सफल भएका छन् । टोटनह्यामका इंग्लिस फरवार्ड ह्यारी केन पनि मनोनयनमा छन् । 



नेदरल्याण्ड्सका माथियास डि लाइट र फ्रेङ्की डि जोङ मनोनयनमा छन् । फ्रान्सका केलियन एमबाप्पे र बेल्जियमका इडिन हाजार्ड पनि अन्तिम १० को सूचीमा छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved